तनहुँमा ४० प्रतिशत मत खस्यो

तनहुँमा ४० प्रतिशत मत खस्यो

तनहुँ: दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा दिउँसो ३:१५ बजेसम्म ४० प्रतिशत मत खसेको छ । 

यसपालीको निर्वाचनमा जिल्लाका हरेक मतदानदान केन्द्रमा मतदाताहरुको उपस्थिति उत्साहजन नदेखिएपनि हालसम्म ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँमा सौहादपुर्ण वातावरण मतदान भइरहेको छ ।

किरियापुत्री गरे मतदान


जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ स्थित शिला प्राथमिक विद्यालय मतदान केन्द्रमा किरिया बसेकाहरुले पनि मतदान गरेका छन् । 

दुई दिन अघि आमाको किरिया बसेका शिव पन्त, विष्णु पन्त, सुनिता पन्त र सिर्जना पन्तले मतदान गरेका हुन् । आफुहरुका कारण योग्य र सक्षम उम्मेदवारले नहारुन् भनेर आफुहरु पीडाको घडीमा पनि मतदान गर्न आएको सुनिता पन्तले बताइन् । यस अघि जितेका उम्मेदवारले जे जस्तो गरे पनि अहिले जित्ने उम्मेदवारलाई जनपक्षीय र राष्ट्रहितमा काम गर्न शिव पन्तले आग्रह गरे ।

जिल्लाका विभिन्न मतदान केन्द्रमा सहभागी ज्येष्ठ तथा अशक्त, अपाङ्गता भएका मतदाताहरुले पनि सहज रुपमा मतदान गरेको प्रतिक्रिया दिएका छन् ।

तनहुँमा २ लाख ४८ हजार  २९५ जनाले मतदान गर्दैछन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा ४ हजार १५५ मतदाता थपिएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ तर्फ १ लाख २३ हजार  ९० र क्षेत्र नम्बर २ तर्फ १ लाख २५ हजार ५ मतदाता छन् । २०७४ सालको आम निर्वाचनमा जिल्लामा २ लाख ११ हजार ३९६ मतदाता थिए ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता छन् ।

जिल्लामा १४२ मतदानस्थलका ३०५ मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन् । 
क्षेत्र नम्बर १ प्रदेश (१) तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (२) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र कायम छन् । क्षेत्र नम्बर २ प्रदेश (१) तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (२) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।

तनहुँ १ मा प्रतिनिधिसभातर्फ १५ जना उम्मेदवार मैदानमा छन् । १‘क’ मा ११ जना र १ ‘ख’ मा ७ जना उम्मेदवार रहेका छन् । तनहुँ २ मा १० जनाले प्रतिष्पर्धा गर्दैछन् । २‘क’ मा ८ जना र २ ‘ख’ मा ६ जनालाई मतदाताले मतदान गर्नेछन् ।  २०७४ सालको निर्वाचनमा तनहुँ वाम गठबन्धनले क्लिन स्विप पारेको थियो । दुई प्रतिनिधिसभासँगै दुई प्रदेशसभा नेकपा एमालले र दुई प्रदेशसभा नेकपा माओवादी केन्द्रले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.