अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन
एजेन्सी : बंगाली अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि कोमामा रहेकी अभिनेत्री शर्माको उपचारका क्रममा आइतबार निधन भएको हो।
उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनलाई १ नोभेम्बरमा ब्रेन स्ट्रोक भएको थियो। सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो।
बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री शर्माले टिभी शो झुमुरबाट अभिनयमा डेब्यु गरेकी थिइन्।
यसबाहेक उनले कयौं शोहरुमा आफ्नो दमदार प्रस्तुति दिएकी छन्।