भक्तपुरमा ७० प्रतिशतभन्दा बढी मत खस्यो
![भक्तपुरमा ७० प्रतिशतभन्दा बढी मत खस्यो](https://annapurnapost.prixacdn.net/media/albums/20221120_071632_20221120184939_nmVzM4EJQ6.jpg)
भक्तपुर : भक्तपुरमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन्।
यसअन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था थियो। त्यहाँ एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका छन्।
भक्तपुरका मतदातामध्ये महिलाको संख्या बढी छ। महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन्।
खसेको मतको आधिकारिक प्रतिशत सार्वजनिक हुन सकेको छैन। तैपनि ७० देखि ८० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान छ।
जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका थिए। त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिएका थिए। दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)