फर्जी मत खसाल्न खोज्ने २ जना पक्राउ
मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्र बलरा र उत्तरी क्षेत्र बागमतीमा अर्काको नाममा मत खसाल्न खोज्ने २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
बलरा नगरपालिका-४ जब्दी प्रावि मतदान केन्द्रबाट स्थानीय २८ वर्षीय आदित्य सिंह र बागमती नगरपालिका-१२ बथनिय प्रावि मतदान केन्द्रबाट २० वर्षीय मुस्कान मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई नै नियन्त्रणमा राखिएको र निर्वाचन ऐनअनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।