बैतडीमा मतपेटिका ढुवानी सुरु
बैतडी : बैतडीमा ५२ प्रतिशत मत खसेको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बैतडीमा ७८ हजार ३६९ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लाका २११ वटै मतदान केन्द्रबाट ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिलागरी ७८ हजार ३६९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका थिए।
जिल्लामा शान्त वातावरणमा मतदान भएकाले मतपेटिका ढुवानीको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिए।
जिल्ला सदरमुकाम आसपासका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम पुर्याइएको छ। अन्य ठाउँबाट ढुवानीको काम भइरहेको उनले बताए।
भोलि १० बजेभित्रै मतपटिका जिल्ला सदरमुकाम पुग्ने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयाँलले जानकारी दिए। भोलिदेखि नै मत गणना सुरु गरिने पनि उनले बताए।