दोलखाका ८ मतदान केन्द्रमा पुनः मतदानको माग

दोलखाका ८ मतदान केन्द्रमा पुनः मतदानको माग

दोलखा : दोलखामा ९४ मतदानस्थलका १ सय ९५ मतदान केन्द्रमा नै निर्वाचन सम्पन्न भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा पौडेलले बताए।

बैतेश्वर गाउँपालिका—२ को पुतलीकाठ मतदान केन्द्रमा भने करिब ५ सय मत खसेपछि विवाद भएको थियो। विवादपछि केही समय स्थगित भएको उक्त केन्द्रको मतदान साँझ ६ बजेतिर सकिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। बैतेश्वर गाउँपालिका–६ नाम्दु मतदान केन्द्रमा पनि विवादका बीच मतदान सम्पन्न भएको स्थानीयले बताएका छन्। उक्त केन्द्रमा आफ्नो पार्टीको प्रतिनिधिबिनै गठबन्धनले एकलौटी मत खसालेको एमालेको आरोप छ।

नेकपा एमाले दोलखाले प्रदेश (क) अन्तर्गत बैतेश्वर गाउँपालिका १, २ र ६ को मतदान केन्द्र, तामाकोसी गाउँपालिका–३ को मतदान केन्द्र, मेलुङ गाउँपालिका–४ को मतदान केन्द्र र गौरीशंकर गाउँपालिका–२ को मतदान केन्द्र तथा प्रदेश (ख) अन्तर्गत शैलुङ गाउँपालिका–२ मतदान केन्द्र र कालिञ्चोक गाउँपालिका–१ मतदान केन्द्रमा गठबन्धनले एकलौटी गरेकाले पुनः मतदानका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले बताए।

दोलखाको प्रदेश १ अन्तर्गत गौरीशंकर गाउँपालिका–२ जुँगु मतदान केन्द्र, जिरी नगरपालिका–९ को मतदान केन्द्र, बैतेश्वर गाउँपालिका १, २ र ६ को मतदान केन्द्र, तामाकोसी गाउँपालिका–३ को मतदान केन्द्र, मेलुङ गाउँपालिका–३ मतदान केन्द्र तथा कालिञ्चोक गाउँपालिकाको १ र ७ को मतदान केन्द्रमा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ।

विवादका कारण केही मतदान केन्द्रमा हवाई फायरसमेत गर्नु परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पौडेलले बताए। मतदान सुचारु गराउने क्रममा २६ राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.