बैतडीमा प्रहरी सवार जीप दुर्घटना : ४ प्रहरीको मृत्यु

बैतडीमा प्रहरी सवार जीप दुर्घटना : ४ प्रहरीको मृत्यु

बैतडी : बैतडीमा प्रहरी सवार जीप दुर्घटना हुँदा ४ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब ७ बजे बैतडीबाट पाटनतर्फ आउँदै गरेको १ ज ८५४ नं जीप पाटन नगरपालिका ४ थूम भन्ने स्थानमा दुर्घटना भएको हो। 

दुर्घटनामा ४ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका सत्बाज प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए। अन्य चालकसमित ८ जना घाइते भएका उनले बताए। 

मृत ३ जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, प्रहरी जवान रमेश साउँद र सहायक हवल्दार अर्जुन कठायत रहेका छन्। एक जना प्रहरीको शव दुर्घटनाग्रस्त जीपमुनि रहेको र निकाल्ने प्रयास भइरहेको उनले बताए।  

यसैगरी जीप दुर्घटनामा परी घाइते भएका ४ जनालाई  नेपाली सेनाको  हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ। बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ। घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए। उनीहरुलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.