प्रतिनिधि सभामा मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, योगेश गौचन विजयी
मुस्ताङ : नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधि सभामा खाता खोलेको छ। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै योगेश गौचन थकाली प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
थकालीले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका छन् । गौचन ९१४ मतान्तरले विजयी भएका हुन् ।
यसैगरी रास्वपाका उम्मेदवारले ८७ मत ल्याएका छन् भने, राप्रपा नेपालले १३ मत ल्याएको छ।