तनहुँ २ मा पनि मतगणना सुरु

तनहुँ २ मा पनि मतगणना सुरु

दुलेगौंडा : तनहुँको क्षेत्र नम्बर २ मा मत गणना सुरु भएको छ। बिहान बसेको सर्वदलीय बैठकले साढे १२ बजेबाट मतगणना गर्ने निर्णय भएपनि केही ढिला गरी गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय दुलेगौंडाले जनाएको छ।

क्षेत्र नम्बर १ मा पनि गणनाको तयारी हुँदै छ। क्षेत्र नं २ को शुक्लागण्डकी नगरपालिकाको कार्य कक्ष हलमा तारजाली र सीसीटीभी जडान गरेर मतगणनास्थललाई सुरक्षित र व्यस्थित गरिएको छ। 

उम्मेदवारका प्रतिनिधिहरूलाई मतदानस्थलको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। अहिले क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा (क) तर्फको गणना भइरहेको तनहुँ-२ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए।

जिल्लामा १४२ मतदानस्थल र ३०५ मतदान केन्द्रमाफर्त मतदाताले मतदान गरेका थिए। दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको तनहुँमा २ लाख ४८ हजार ४९५ मतदाता छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.