अछाम २ मा मतगणना सुरु
अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । ढकारी र तुर्माखाद गाउँपालिका विभिन्न मतदान केन्द्रका मत गणना कार्य सुरु भएको हो । प्रतिनिधि सभा तर्फको मत गणना सुरु गरिएको हो ।
अछाम २ मा प्रतिनिधि सभा एक सिटका लागि ५ जना उम्मेदवार चुनावी मैदानमा छ्न् । नेपाली कांग्रेसका पुष्पबहादुर शाह,नेकपा एमालेका यज्ञबहादुर बोगटी, नेमकिपाका झकरबहादुर शाही, राप्रपाका मिनबहादुर शाही, स्वतन्त्रचन्द्र प्रसाद ढुंगाना उम्मेदवार रहेका छ्न् । मुख्य प्रतिस्पर्धा कांग्रेसका शाह र एमालेका बोगटीबीच हुने देखिन्छ ।