भक्तपुर-२मा कांग्रेसका थापाको मतान्तर बढ्दै
भक्तपुर: भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापाको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार थापाले चार हजार ११२ मत पाएका छन् । एमालेका बस्नेतले तीन हजार ६ सय ८० मत पाएका छन् ।
उता भक्तपुर क्षेत्र न १ क चाँगुनारायण प्रदेश सभाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका सुरेशले ८४४ मत पाएका छन् । उनलाई एक सय ८७ मत ल्याई हलोले पछ्याइरहेको छ । एमालेका मोहनवीर श्रेष्ठले एक सय ६० मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४८ मत पाएको छ । यीबाहेक अन्य ससाना पार्टीहरुले पनि मत पाइरहेका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ चाँगु मावि क र ख मतदान केन्द्रको मतगणना गरिएको हो ।
भक्तपुर क्षेत्र नं १ को मतगणणा बिहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो । उता क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो ।
भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ । यहाँ कांग्रेसका दुलर्भ थापा एमालेका महेश वस्नेतलाई पछाडि पार्दै अगाडि बढेका छन् ।