कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायरको सुरुवाति अग्रता, लेखराज भट्ट पछ्याउँदै
कैलालीः कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता कायम गरेका छन् ।
४०० मत गणना हुँदा बलायरले २०५ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका लेखराज भट्टले १३० मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेको कडा टक्कर हुने देखिन्छ ।