बाँकेमा एमाले र एमाले-राप्रपा गठबन्धनको अग्रता

बाँकेमा एमाले र एमाले-राप्रपा गठबन्धनको अग्रता

नेपालगन्ज : बाँकेका तीनवटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) र एमाले-राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा एमाले-राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनबाट हलो चुनाव चिह्नका डा. धवल शम्शेर राणाले अग्रता लिएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले साँझ ६ बजे दिएको जानकारीअनुसार चार हजार २५५ मत गणना हुँदा राप्रपाका राणाले दुई हजार २५३ मत ल्याएका छन्। 

उनलाई जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले एक हजार ११३ मतले पछाइरहेका छन्। राणाले राईभन्दा एक हजार १४० मतले अग्रता लिइरहेका छन्। 

तेस्रोमा नेपाली कांग्रेसका सुदिप नरसिंह राणाको ३०२ र चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीले १५८ मत ल्याएका छन्। 

त्यसैगरी बाँके क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर सिंह राठौरभन्दा नेकपा एमालेका किश्मतकुमार कक्षपतिले अग्रता लिएका छन्। ११ हजार ६६३ मत गणना भएकोमा कक्षपतिको तीन हजार ९९ र राठौरको दुई हजार ४२३ रहेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाको एक हजार ५१, नेकपा माक्सवादी (पुष्पलाल)को ७७, जसपाका नोयन्द्र धितालको ५६, जनमत पार्टीका राजुप्रसाद कुर्मीको ४६, नेमकिपाका नगेन्द्रबहादुर बुढाथोकीको २६, नेका वीपीका दुर्गाबहादुर घिमिरेको २२, लोसपाका हफिज पठानको ६ मत आएको छ। ४४७ मत बदर भएको छ। 

बाँके क्षेत्र नं. १ मा एक हजार ६०० मत गणना गर्दा एमालेका सूर्य ढकालले अग्रता लिएका छन्। ढकालले ६२२ मत र नेकपा (माओवादी केन्द्र)का महेश्वर गहतराज ‘अथक’ले ३५८ मत ल्याएका छन्। 

जहाँ जसपाका रामकुमार यादवाले १९९,  नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले १०५, लोसपाका रामचरण चौधरीले १७, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बाबु काफ्लेले ७, नेका (वीपी)की कुन्ती शर्मा, नेकपा माओवादी समाजवादीका उब्जङ शाही, नेपालका लागि नेपाली पार्टीका भक्तबहादुर थापा मगर र नेमकिपाका नविनकुमार शाहीले एक एक मत ल्याएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.