भक्तपुर २ मा एमालेका महेश बस्नेतको अग्रता
भक्तपुर: भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका छन् ।
यसअघि नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले कायम गरिरहेको अग्रतालाई नेकपा एमालेका महेश बस्नेतले उल्टाएका हुन् ।
पछिल्लो परिणाम अनुसार महेश बस्नेतले ६ हजार ८२६ मत पाएका छन् भने कांग्रेसका दुर्लभ थापाले ६ हजार ४८४ मत पाएका छन् ।
सो मत अनुसार थापाभन्दा बस्नेत ३४२ मतले अघि रहेका छन् । मतगणना जारी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
१