नुवाकोट २ मा गठवन्धनको अग्रता
नुवाकोट: प्रदेश तथा प्रतिनिधि सभा सदस्यकका लागि भएको निर्वाचनको नुवाकोटमाा मतगणना भइरहेको छ ।
प्रारम्भिक मत परिणाम अनुसार नुवाकोटको क्षेत्र नं. २ मा प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सत्तारुढ गठबन्धनका उम्मेदवारको प्रारम्भिक अग्रता छ ।
बाम लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केसीले प्रारम्भिक अग्रता लिएका छन् । केसीले ५४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ३२३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले २०३ मत प्राप्त गरेका छन् । राप्रपाका झनकवहादुर प्याकुरेलले २४ मत पाएका छन् । एकहजार दुई सय मत गणना हुँदा ३९ मत बदर भएको छ ।