विनोद चौधरीको अग्रता कायमै
परासी : नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार उद्योगपति विनौद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।
जनता प्रगतिशील पार्टी(जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीभन्दा कांग्रेसका चौधरी १ हजार ६६३ मतले अघि छन् । जप्रपाका त्रिपाठी भने चौधरीभन्दा २ हजार ५४५ मतले पछि छन् ।