बारा- १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली २ हजार बढि मतले अगाडि
सिमराः बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्र स्थानमा देखिएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी भन्दा दुई हजार तीन सय २४ मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् ।
यस क्षेत्रमा १७ हजार ६ सय ६५ मत गणना हुँदा मैनालीले आठ हजार नौ सय ३१ र चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए ।
मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन् । चौधरी नेपाल सरकारका खानेपानी मन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।
यता मैनाली भने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए ।
ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा- १ बाट एकअर्काका प्रतिस्पर्धी थिए ।
उक्त निर्वाचनमा कांग्रेसका चौधरीले विजयी भएका थिए ।