दुलर्भ थापालाई पछ्याउँदै महेश बस्नेत
भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेत निरन्तर पछाडि छन्। कांग्रेसका दुलर्भ थापा निरन्तर अग्र स्थानमा छन्।
आइतबार रातिदेखि पछाडि पार्दै आएको थापाले मंगलबार बिहानसम्म पनि अगाडि नै सरेका छन्।
थापा एक हजारभन्दा बढी मतले अगाडि छन्। थापाले १४ हजार ९७ मत पाएका छन्। बस्नेतले १३ हजार ३५ मत पाएका छन्। यहाँ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगर तेश्रो स्थानमा छिन्।
भक्तपुर क्षेत्र नं २ मा एमालेका नवराज गेलाल अगाडि छन्। उनलाई क्रमश सत्ता गठबन्धनका सुनिल गोठे, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाको भरतबहादुर खड्काले पछ्याइरहेका छन्। भक्तपुरको चाँगुनारायण क्षेत्रमा गणना भएकाले प्रेम सुवाल दोश्रो स्थानमा सिमित भएका हुन्। भक्तपुर नगरपालिका क्षेत्रको मतगणनासँगै सुवाल अगाडि बढ्ने निश्चित छ।
भक्तपुर १ क चाँगुनारायण प्रदेशमा भने कांग्रेसका सुरेश श्रेष्ठ अगाडि छन्। भक्तपुर क्षेत्र नं २ ख भक्तपुर नगरपालिकाको मतगणना भने थालिएको छैन। उता भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यलाई पछि पार्दै सता गठबन्धनकोतर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठ अगाडि वढेका छन्। तेश्रोमा एमालेका चन्दनकृष्ण श्रेष्ठ छन्। उता भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा भने एमालेका किरण थापा अगाडि छन्। उनलाई कांग्रेसका विष्णुराज कार्कीले पछ्याइरहेका छन्।
भक्तपुर क्षेत्र नं २ मा आइतबार राती दुई बजेबाट गणना सुरु भएको थियो। भक्तपुर २ को मतगणना मध्यपुर थिमी बोडेको कृषि विकास तालिम केन्द्र बोडेमा भइरहेको छ। भक्तपुर क्षेत्र नं १ को मतगणना सोमबार बिहान नौ बजेदेखि नेपाल विद्युत प्राधिकरण खरिपाटी केन्द्रबाट सुरु भइरहेको छ।