सर्लाही २ मा महिन्द्रको अग्रता, पछ्याउँदै राजेन्द्र महतो
मलंगवा : सर्लाही क्षेत्र नं. २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले अग्रता कायम गरेका छन्। उनले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट चुनाव लडेका थिए।
यादवलाई लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पछयाइरहेका छन् । जम्मा ५ हजार १ सय २० मत गनिएकोमा महिन्द्र राय यादवले १ हजार ८ सय २५ मत ल्याएका छन् । त्यसैगरी राजेन्द्र महतोले १ हजार १ सय ३१ मत प्राप्त गरेका छन् ।
तेस्रोमा एमालेका राजनारायण साहले ९ सय १६ मत ल्याएका छन् । एक लाख ११ हजार ९ सय ९३ मतदाता रहेका क्षेत्र नं. २ मा ७२ हजार ३६ मत खसेको थियो ।