दाङ -३ मा दिपक गिरीको निरन्तर अग्रता, प्रदेशतर्फ कांग्रेसकै डिल्ली चौधरी अगाडि
![दाङ -३ मा दिपक गिरीको निरन्तर अग्रता, प्रदेशतर्फ कांग्रेसकै डिल्ली चौधरी अगाडि](https://annapurnapost.prixacdn.net/media/albums/komaloli_20221121133158_kEBLgE0omm.jpg)
दाङः दाङ निर्वाचन क्षेत्र नम्बर- ३ मा नेपाली कांग्रेसका दिपक गिरीले निरन्तर अग्रता कायम गरेका छन् । ९ हजार ८ मत गणना हुँदा कांग्रेसका दिपक गिरीले ३२ सय ६५ मत ल्याएका छन् ।
यस्तै एमालेका कोमल वलीले २६ सय ५५ मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ११ सय ५५ मत ल्याएका छन् ।
प्रदेश सभातर्फ कांग्रेसका डिल्ली चौधरीले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार चौधरीले ४१ सय ४१ मत ल्याउँदा एमालेका घनश्याम पाण्डेले ३४ सय २७ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)