म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

म्याग्दी : म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो।

हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरुले छानबिन र कारबाहीको माग गरेका छन्। सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन। 

गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने  माग गरेपछि मुख्य निर्वाचत अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ। धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले पाँच हजार तीन सय ७० मत प्राप्त गरी अग्रता कायम गरेका छन्। यसैगरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार छ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याएका छन्।

प्रदेशसभा क्षेत्र नं २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेशम जुग्जालीले पाँच हजार एकसय ७४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार यामबहादुर गर्बुजाले चार हजार आठ सय ५१ मत प्राप्त गरी पछ्याइरहेका छन्। 

सोमबार साँझखेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नं वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.