बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

गुलरिया : प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रता लिएका छन्। 

बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमलाई ७ सय ६१ मतले पछि पार्दै थारु अग्रस्थानमा छन्।     
३० हजार ७७५ मत गणनामा थारुले ९ हजार ४४१ र गौतमले ८ हजार ६८० मत प्राप्त गरेका छन्। 

त्यस्तै नेकपा एमालेका लक्ष्मण राज ज्ञवालीले ६ हजार ९६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ३ हजार २०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

बारबर्दिया नगरपालिकाको मतगणना सकेर बाँसगढी नगरपालिकाको मतगणना कार्य भैरहेको र बढैयाताल गाउँपालिका तथा गुलरिया नगरपालिकाको मतगणना अझै बाँकी रहेको जनाइएको छ। गणना गरिएको मतमध्ये १ हजार ५४३ मत बदर भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.