'मुलुकमा अस्थिरता बढ्ने देखियो' (भिडियो वार्ता)
काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ।
मत परिणामलाई आधार मान्दै विभिन्न विश्लेषण हुन थालेको छ । युवालाई ठूला दलले निषेध गर्दा युवा पुस्ताले विकल्प खोज्न थालेको विश्लेषण हुन थालेको छ । राजनीतिक दलले युवालाई ठाउँ दिएको भए अहिलेको अवस्था नआउने विश्लेषण विजयकान्त कर्णको छ ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै कर्णले युवालाई ठूला दलले विश्वास नगर्दा रवि लामिछानेको दललाई जनताले विकल्पका रुपमा अघि बढाएको बताए ।
यो परिणामले अब बन्ने सरकारको स्थायित्व नहुने भन्दै कर्णले अब देश ५१-०५६ सालको अस्थिरताको बाटोमा जानसक्ने बताए ।
कर्णसँगको वार्ता हेर्नुहोस् ।