मतान्तर घटाउँदै महेश बस्नेत

मतान्तर घटाउँदै महेश बस्नेत

भक्तपुर: भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले मतान्तर घटाएका छन् । मंगलबार साँझसम्मको परिणाम अनुसार बस्नेत १३७ मतले मात्रै पछाडि छन् । कांग्रेसका दुलर्भ थापाले १९ हजार २७० मत पाएका छन् । बस्नेतले १९ हजार १३३ मत पाएका छन् । 

अहिलेको परिणाम अनुसार तेस्रो रहेकी नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापा मगरले पाँच हजार १११ मत पाएकी छन् । मतगणना जारी छ । यहाँ ६५ हजार ९३५ मत खसेको छ । 

यस क्षेत्रमा सुरुदेखि नै कांग्रेसका दुलर्भ थापाको अग्रता छन् । 

भक्तपुर क्षेत्र नं १ मा एमालेका नवराज गेलाल अगाडि छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पछ्याइरहेका छन् । भक्तपुर निर्वाचन क्षेत्रको चाँगुनारायण क्षेत्रको मतगणना सकिएको छ । अब भक्तपुर नगरपालिका क्षेत्रको मात्रै मतगणना बाँकी छ । यो नेमकिपाको गढ हो । यहाँको मतगणनाको सुरुवातसंगै सुवाल अगाडि आउने निश्चित छ।
 
एमालेका नवराज गेलालले ६ हजार ८१७ मत पाएका छन् भने नेमकिपाका प्रेम सुवालले ५ हजार २५९ मत पाएका छन् । भक्तपुर क्षेत्र नम्बर १ मा कुल ७४ हजार मत खसेको थियो । यो नतिजा  ३४ हजार मतसम्मको हो ।
 
भक्तपुर १ क चाँगुनारायण प्रदेशमा भने कांग्रेसका सुरेश श्रेष्ठ अगाडि छन् । भक्तपुर क्षेत्र नं २ ख भक्तपुर नगरपालिकाको मतगणना भने थालिएको छैन । उता भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमि क्षेत्रमा सता गठबन्धनकोतर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठ अगाडि छन् । यहाँ दोस्रोमा एमालेका चन्दनकृष्ण श्रेष्ठ छन् भने तेस्रोमा नेमकिपाका रमेश वैद्य छन् । 

भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा भने एमालेका किरण थापा अगाडि छन् । उनलाई कांग्रेसका विष्णुराज कार्कीले पछ्याइरहेका छन् ।
  
भक्तपुर क्षेत्र नं २ मा आइतबार राति दुई बजेदेखि गणना सुरु भएको थियो । भक्तपुर २ को मतगणना मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्र बोडेमा भइरहेको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना सोमबार बिहान नौ बजेदेखि नेपाल विद्युत प्राधिकरण खरिपाटी केन्द्रबाट सुरु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.