योगेश भट्टराईलाई पछि पार्दै माओवादीका खेलप्रसादको अग्रता

योगेश भट्टराईलाई पछि पार्दै माओवादीका खेलप्रसादको अग्रता

ताप्लेजुङ: ताप्लेजुङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाथोकी (पराग) ले अग्रता लिएका छन् ।

फक्ताङलुङ, पाथीभरा याङवरक, सिरीजंघा र मिक्वाखोला गाउँपालिकाका विभिन्न वडाको ४ हजार १ सय २२ मत गणना हुँदा ५ सय ५६ मतसहित परागले अग्रता लिएका हुन । 

जारी मतगणनामा परागले २ हजार १६१ मत प्राप्त गरेका छन् भने भट्टराईले १ हजार ६०५ मत मात्र प्राप्त गरे । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले संघ तर्फको मात्र मतगणना भईरहेको छ ।

राजनीतिक दलबीचको सहमति अनुसार पहिले संघ तर्फको गणना सम्पन्न गरेर प्रदेश सभा तर्फको सुरु गरिने छ । अपरान्ह ४ बजे पछिदेखि मतगणना जारी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.