रसुवामा कांग्रेसका आचार्य पुनः ठूलो मतान्तरले विजयी
काठमाडौं : रसुवाको प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका मोहन आचार्य भारी मतान्तरले विजयी भएका छन्। उनी १८ हजार २३५ मत ल्याएर पुनः निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार छोवाङतेन्जिङ तामाङले ८६१४ मत ल्याए। आचार्यले निकटतम प्रतिद्वन्द्वी तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गरे।