'बाजुरामा हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म निर्वाचन प्रक्रिया अघि बढ्न नदिने'
बाजुरा : नेकपा एमाले बाजुराले हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म निर्वाचन प्रक्रिया अघि बढ्न नदिने बताएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले अनेराश्ववियूका केन्द्रीय सदस्य चेतन अयडीका हत्यारालाई कारवाही नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने बताएको हो।
मंसिर ४ गते भएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको एमालेका स्थायी कमिटी सदस्य तथा बाजुराको प्रतिनिधिसभा सदस्यका उम्मेदवारर कर्णबहादुर थापाले बताए ।
'हत्या हो की हैन, घटना कहाँ भएको भन्ने छैन कुर तरिकाले घरभित्र रहेका अयडीलाई घर बाहिर निकालेर हत्या गरेका तमाम तथ्य फोटो भिडियो छन्। प्रहरीले पक्राउ गरेको छैन। छिटोभन्दा छिटो घटनामा संलग्नलाई कारवाही हुनपर्यो,' उनले भने।
निर्वाचनमा धाँधली भएको भन्दै एमालेले जिल्लाका १६ ओटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेर निवेदन दिइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)