उदयपुर-२ को प्रदेशसभा १ मा माओवादीका नारायणबहादुर विजयी

उदयपुर-२ को प्रदेशसभा १ मा माओवादीका नारायणबहादुर विजयी

उदयपुर : उदयपुरको क्षेत्र नम्बर २ अन्तरगतको प्रदेशसभा १ को प्रदेससभा सदस्यमा लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । 

बुधबार सम्पन्न मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मगरले एमालेका उमेदवार देवराज राईलाई ३५ मतको झिनो अन्तरले जित निकालेका हुन् । प्राप्त मतपरिणाम अनुसार वुर्जामगरले ८ हजार १०५ मत प्राप्त गरे । 

त्यसैगरी उनका प्रतिसपर्धि राईले ८ हजार ७० मत प्राप्त गरे । मगर यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा स्वतन्त्रबाट विजयी भएका थिए । माओवादीको भागवण्डामा परेको यो क्षेत्रमा अघिल्लो पटक आधिकारिक उमेदवार भेषकुमारी राउतले उमेदवारी फिर्ता लिएपछि मगरलाई दुबै पार्टीले साथ दिएका थिए । 

माओवादीले राउतलाई टिकट दिएपछि मगर स्वतन्त्रबाट उमेदवारी दिएका थिए । उमेदवारी फिर्ता लिने समयमा माओवादीले आधिकारिक उमेदवारलाई फिर्ता गराएपछि वुजालाई गठबन्धनको साथ थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.