सञ्चामन्त्री कार्कीलाई पछि पार्दै एमालेका जगदिशको अग्रता
सुनसरी: सुनसरी क्षेत्र नम्बर - ४ को प्रतिनिधि सभा सदस्यमा सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई पछि पार्दै एमालेका केन्द्रीय सदस्य जगदिशप्रसाद कुसियतले अग्रता लिएका छन ।
एमालेका कुसियतले ६ हजार ८२५ मत प्राप्त गर्दा कार्कीले ६ हजार ९५ मत प्राप्त गरेका छन् ।
भोजपुरमा निर्वाचन जित्न नसकेका कार्की २०७४ को निर्वाचनमा सुनसरी ४ बाट पहिलोपटक निर्वाचित भएका थिए ।