कांग्रेसले दाङमा खाता खोल्यो, दाङ २(१) मा राजु खनाल निर्वाचित
दाङ : दाङमा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले खाता खोलेको छ। ६ प्रदेशसभा सदस्य रहेको जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका छन्।
कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए। उनीहरू बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ।
३७ हजार ८६ मत खसेको थियो। यहाँ १ हजार ४ सय ८५ मत बदर भएको थियो। खनाल यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा पनि विजयी भएका थिए। उनी २०७४ सालमा बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरासँग पराजित भएका थिए।