ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित
काठमाडौंः ओखलढुंगामा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।
खतिवडा ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् । खतिवडाका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे ।
त्यस्तै, जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत ल्याए ।