कञ्चनपुर-२: प्रदेश सभामा भाट र थापा विजयी
महेन्द्रनगर: कञ्चनपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) र (ख)मा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन । निर्वाचन क्षेत्र २ (क) मा माओवादी केन्द्रका ओम विक्रम भाट निर्वाचित भएका हुन् । भाटले १० हजार ९२५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बचनबहादुर सिंहले १० हजार ४५० मत ल्याएका छन्।
त्यसैगरी नागरिक उन्मुक्तिकी गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन । यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो ।
प्रदेशसभा २(ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह थापा विजयी भएका छन । थापाले नेकपा एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन्।
थापाले १० हजार ६६८ मत प्राप्त गर्दा प्रतिस्पर्धी रानाले ८ हजार ९४२ मत पाए ।