रुपन्देही-४ मा लोसपाका शुक्ल विजयी
भैरहवा : रुपन्देही-४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन्।
शुक्लले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई पाँच हजार दुई सय ९६ मतले पछि पार्दै २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही-४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए ।
उनका अनुसार शुक्लका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार सात सय चार मत प्राप्त गरेका । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत मत प्राप्त गरे।
एक लाख दश हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही-४ को प्रतिनिधीसभामा ७७ हजार ६४ मत खसेको थियो।
त्यस्तै रुपन्देही प्रदेशसभा सदस्य ४ (क) मा लोसपाका कन्हैया बनिया र ४ (ख) बाट नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन्।