बैतडीको प्रदेशसभा (ख)मा कांग्रेसका भट्ट विजयी
बैतडी : बैतडी प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार लिलाधर भट्टलाई ४३६ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन्।
विजयी भट्टलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा समेत गरीसकेको छ। शिवराजले १७ हजार १५२ मत प्राप्त गर्दा एमालेका लिलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे। प्रदेशसभा (ख)मा ३७ हजार २७८ मत खसेको थियो।
भट्ट नेपाली कांग्रेस बैतडीका पूर्व पार्टी सभापति हुन्। भट्ट कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए।
बैतडीको प्रदेशसभा (ख)मा पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार गाउँपालिकासहित मेलौली नगरपालिका र दशरथचन्द नगरपालिका रहेका छन्।