रोल्पाको क्षेत्र नं. १ (ख) मा स्वतन्त्र दिपेन्द्रकुमार पुनमगर विजयी
रोल्पा: रोल्पा क्षेत्र नं. १ (क) प्रदेशसभा तर्फ स्वतन्त्र दिपेन्द्रकुमार पुनमगर विजयी भएका छन ।
जिल्लाको निर्वाचन क्षेत्र १ (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनमगरले टिकट पाएपछि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर पुनमगरले स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमारले गठबन्धनका अमरसिंहलाई ४ हजार ५ सय २१ मतान्तरमा जित हासिल गरेका हुन । निकटतम प्रतिद्वन्द्वी अमरसिंहले १० हजार ४ सय ६ मत ल्याए ।
नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर घर्ती मगरले ८ हजार ८ सय ३ मत प्राप्त गरे । राप्रपा उम्मेदवार सेते दमाईले ४ सय ८३ र राप्रपा नेपालका केशरबहादुर पुनले २ सय ३७ मत पाए । निर्वाचन क्षेत्र १ (ख) मा ३७ हजार १ सय ५३ मत खसेको थियो । बदर मत १ हजार ९ सय ११ रहेको छ ।
स्थानीय तहको निर्वाचन मत परिणाममा क्षेत्र नं. १ (ख) मा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो जनमत हो । गठबन्धन हुँदापनि स्थानीय तहकै स्तरको मत परिणाम आएको हो । निर्वाचन क्षेत्र १ (क) मा नेकपा माओवादीका नेता जोखबहादुर महरा गठबन्धनको तर्फबाट उम्मेदवार भै विजयी भैसकेका छन् । प्रतिनिधिसभा तर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनमगरको नै मत अग्रता छ ।