एमालेका पूर्ण बुढालाई हराउँदै रोल्पाबाट बर्षमान पुन विजयी
रोल्पा : रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका बर्षमान पुन विजयी भएका छन् । पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरे । नेकपा एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन विजयी भएका हुन् । एमालेका पुनले १६ हजार ४ सय ८५ मत प्राप्त गरे ।