स्याङ्जाको प्रदेशसभा १ मा सुन्दास निर्वाचित
स्याङ्जा : मंसिर ४ मा सम्पन्न भएको स्याङजाको निर्वाचन क्षेत्र न. १ को प्रदेशसभा १ मा नेकपा एमालेका सीता सुन्दास निर्वाचित भएका छन्। सुन्दासले १४ हजार ६९० मत ल्याई निर्वाचित भएका हुन्।
उनले लोकतान्त्रिक बामगठबन्धनतर्फ (माओवादी केन्द्र) उम्मेदवार अमृता थापाभन्दा १ हजार ४२४ मत बढी पाउन सफल बनिन्। थापाको १३ हजार ३६६ मत छ।
जीतसँगै सुन्दासको संसद छिर्ने पहिलो अवसर हो। यसअघि उनी स्याङजा जिल्ला समन्वय समितिका पूर्वप्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष हुन्।
क्षेत्र नं १ अन्तरगतका पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका संगै विरुवा र हरिनास गाउपालिकाका २९ वडा छन्। १ को नतिजा सम्पन्न भएसँगै प्रदेशसभा २ अनतरगत अर्जुनचौपारी गाउँपालिकाको मतगणना जारी छ।