महोत्तरीका दुई स्थानमा लोकतान्त्रिक समाजवादी विजयी
जलेश्वर : महोत्तरीमा एकैसाथ दुई स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेका छन् । निवर्चानको अन्तिम मतपरिणाम अनुसार महोत्तरी क्षेत्र नं. ३ को १ मा अभिराम शर्मा र २ मा रानी शर्मा तिवारी विजय हासिल गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार सो निर्वाचन क्षेत्रका प्रदेश नं. १ मा लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्माले ९८९२ मत ल्याएर विजयी हासिल गरेका छन् । शर्माले आफ्ना निकटम प्रतिद्वन्द्वी दिपेन्द्र झालाई पराजित गरेका हुन्। झाले ९७१८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै ४०३८ मत ल्याएर जनमत पार्टीका कुशेश्वर साहले तेस्रो स्थान हासिल गरेका छन् ।
यता प्रदेशसभातर्फ सोही निर्वाचन क्षेत्रका २ मा लोसपाका उम्मेदवार रानी शर्मा तिवारीले ६४१४ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रका उज्वलकुमार झाले ५४८९ मत हासिल गरेका थिए । नेकपा एमालेका रामदयाल मण्डलले ४५६७ मत हासिल गरे तेस्रो स्थान ल्याएका थिए ।
शर्मा र तिवारी दोस्रो पटक सोही निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् । यसभन्दा अगाडि २०७४ सालको निर्वाचनमा पनि उनीहरु विजयी हासिल गरेका थिए ।