म्याग्दी प्रदेश (क) मा गठबन्धनका भण्डारी विजयी

म्याग्दी प्रदेश (क) मा गठबन्धनका भण्डारी विजयी

म्याग्दी : म्याग्दी, वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रका भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई पराजित गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। म्याग्दीको प्रदेश (क) मा ४८ हजार ४७२ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा २८ हजार ८९७ मत खसेको थियो।

राप्रपाका प्रविन शाहीले दुई हजार ४९, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुनले एक हजार ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दूध गिरीले १२२ मत प्राप्त गरे।  

रघुगंगा गाउँपालिका–२ का ३८ वर्षीय भण्डारी नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिका अध्यक्ष हुन्। वि.स. २०७४ को स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिका उपाध्यक्षमा पराजित भएका भण्डारीलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।

म्याग्दीको तीन वटै निर्वाचनमा गठबन्धनका उमेद्वार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा क्षेत्र (ख)मा माओवादीका रेशमबहादुर जुग्जाली विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.