लमजुङ प्रदेश-२ मा कांग्रेसका पौडेल विजयी

लमजुङ प्रदेश-२ मा कांग्रेसका पौडेल विजयी

बेसीसहर : लमजुङको प्रदेश-२ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन्। निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले प्रदेशसभाको यात्रा तय गरेका हुन्।

क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट ४१ हजार ८ सय ५७ मत खसेकोमा पौडेलले १९ हजार ५ सय ५७ मत पाए भने प्रतिद्वन्द्वी अधिकारीले १८ हजार ८ सय ३ मत पाए।

राप्रपा उम्मेदवार ततबहादुर गुरुङले १ हजार ९ सय ५७ मत पाएका छन्। मंगोल नेश्नल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४ मत पाएका छन्। जसपाका युवराज दुराले २ सय ४१ मत पाएका छन्। नेपाली कांग्रेस बीपीका नवराज बसौलाले १ सय ४५ मत पाएका छन्।

पौडेल कांग्रेस निवर्तमान सभापति हुन् भने अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन्। पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा बेंसीसहर नगरपालिका प्रमुखमा एमाले उम्मेदवार गुमानसिंह अर्यालसँग पराजित भएका हुन्।

यसअघि कांग्रेसले जित्दै आएको यो क्षेत्रमा २०६४ मा एमालेका हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जितेका थिए। तिनै गुरुङलाई पराजित गर्दै कांग्रेसका चन्द्रबहादुर कुँवरले २०७० मा संविधानसभाको यात्रा तय गरेका थिए।

कांग्रेसका कृष्णप्रसाद कोइरालालाई पराजित गर्दै पृथ्वीसुब्बा गुरुङले २०७४ मा गण्डकी प्रदेशसभाको यात्रा तय गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.