तनहुँ-१ (क) मा गठबन्धनका श्रेष्ठ विजयी
तनहुँ : तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क) मा नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ निकटतम प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङभन्दा ४,२१८ बढी मत प्राप्त गरी प्रदेश सभामा विजयी भएका हुन् ।
बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका गुरुङले ११,१४५ मत प्राप्त गरेका छन् ।
यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो । गुरुङ निवर्तमान प्रदेशसभा सदस्य हुन् भने श्रेष्ठ पहिलो पटक संसदीय निर्वाचनमा प्रवेश गरेका हुन् ।