हरिबहादुर चुमान तनहुँ १ प्रदेश (ख) मा निर्वाचित
तनहुँ : तनहुँ क्षेत्र नं १ प्रदेश सभा (ख) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिबहादुर चुमान विजयी भएका छन् । मुख्यमन्त्रीका दाबेदार चुमानले निकटतम प्रतिष्पर्धी एमालेका पुर्णबहादुर गुरुङलाई २७७३ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गर्दा एमालेका गुरुङले १०४९८ मत प्राप्त ल्याएका थिए । कूल ३०३८९ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा पनि चुमान यस क्षेत्रबाट विजयी हुदै गण्डकी प्रदेशको आन्तरिक मामिलामन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस !
५