गठबन्धनलाई पराजित गर्दै जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी
जुम्ला : जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही(ज्ञानेन्द्र) विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर)लाई पराजित गर्दै शाही विजयी भएका हुन् ।
राप्रपाका शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरी माओवादीकी गौतमलाई हराएका हुन् । माओवादीकी गौतमले ११ हजार ९ सय ५९ मत ल्याइन् ।
एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत ल्याएर तेस्रो भए ।
प्रतिक्रिया दिनुहोस !
५