पाल्पा-१(१) मा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी

पाल्पा-१(१) मा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी

तानसेन : पाल्पा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ भारी मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचत भएका छन्। एमाले उम्मेदवार श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याई विजयी भएका हुन्। 

श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत ल्याइ उपविजेता भएका छन्।  श्रेष्ठले ५ हजार ३ सय ९० मतले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खनाललाई पराजित गरेका छन्।
 

माले उम्मेदवार श्रेष्ठले मतगणनाको सुरुवातदेखि नै अन्तिमसम्म अग्रता लिंदै आएका छन्। पाल्पा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय रामपुर पाल्पाले एमाले उम्मेदवार श्रेष्ठ लाई विजयी भएको घोषाणा गरेको छ। प्रदेशसभा सदस्यमा विजेता भएका श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनमा रामपुर नगरपालिकामा नगर प्रमुखमा पराजित भएका थिए। 

प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत, मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६० मत, राष्ट्रिय जनमुक्ति पाटीका भिमसेन सुनारी मगरले ८० मत पाएका छन्। 

पाल्पा क्षेत्र नं १ को प्रदेशसभा १ मा जम्मा मतदाता  ४९ हजार २ सय ५१ रहेका थिए जसमा ३१ हजार २ सय ११ मत खसेको थियो। खसेको मतमा ३० हजार ६ सय ६५ सदर र ५ सय ४६ मत बदर भएको थियो।  पाल्पा क्षेत्र नं १ को प्रदेशसभा १ मा १९ वटा वडा पर्दछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.