कैलाली १ (१) मा नागरिकका चौधरी भारी मतान्तरले विजयी
टीकापुर : कैलाली क्षेत्र नं. १ को प्रदेश (१) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा माओवादीका दीर्घ विनाडीभन्दा ४ हजार ७२४ मतान्तरले विजयी भएका हुन्।
चौधरीले १५ हजार १०१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादीका बिनाडीले १० हजार ३७७ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका भीमबहादुर बमले ४ हजार ६० र जसपाका भगतराम चौधरीले २ हजार २८७ मत पाएका छन्।
क्षेत्र नं. १ को प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित निश्चित भैसकेको छ भने प्रदेश (ख) मा समेत सोही पार्टीका लक्ष्मण किशोर चौधरीको सुरुवाती अग्रता कायमै छ। चौधरी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस केन्द्रिय सदस्य डा. रणबहादुर भन्दा करिब ३ हजार बढी मतले अघि छन्।