प्यूठानको प्रदेशसभामा एमालेका तुल्सी र कांग्रेसका रोज विजयी

प्यूठानको प्रदेशसभामा एमालेका तुल्सी र कांग्रेसका रोज विजयी

प्यूठान : प्यूठानको प्रदेससभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन्। शर्माले २० हजार २ सय १० र प्रतिस्पर्धी गठवन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) ले १७ हजार २ सय २७ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच २ हजार ५ सय ८३ मतको अन्तर भएको छ। शर्मा एमालेका लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य र प्यूठानका निवर्तमान जिल्ला कमिटी अध्यक्ष हुन्।

त्यस्तै, प्रदेससभा निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भएका छन्। राणाले २२ हजार ५ सय १८ र उनका प्रतिस्पर्धी एमालेका हरिप्रसाद रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच १ हजार ७ सय १२ को मतान्तर भएको छ। राणा नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति हुन्। उनी चलचित्र निर्माता पनि हुन्।  प्रदेशमा विजयी दुवै नयाँ अनुहार हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.