झापा-४ मा एमालेका साँवा निर्वाचित
झापा: झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर साँवा (एलपी) निर्वाचित भएका छन् । उनी दोस्रो पटक सङ्घीय सांसदमा निर्वाचित भएका हुन् ।
राप्रपासँग चुनावी तालमेल गरी झापा ४ बाट उम्मेदवार बनेका साँवाले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गरेका हुन् ।
झापा ४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेको ७९ हजार ४८३ मत गणना भएको थियो ।
त्यसमा ४ हजार ६४७ मत बदर भएको छ । यद्यपि निर्वाचन अधिकृतको कार्यालय आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।