जो मतदाता मतदानबाटै वञ्चित भए

जो मतदाता मतदानबाटै वञ्चित भए

तानसेन : मतदाता परिचयपत्रको आधारमा मंसिर ४ गते रामपुर नगरपालिका–८ गंगा माध्यमिक विद्यालय मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार डोलराज तिमिल्सिनाको एजेन्ट बसेका थिए, तेजुनारायण श्रेष्ठ। दिनभरी मतदान केन्द्रमा मतदाताको नाम परिचय रुजु गर्दै बसेका उनले भने आफैंले भोट हाल्न पाएनन्।

स्थानीय निर्वाचन २०७९ मा सोही केन्द्रमा भोट हालेका श्रेष्ठले मतदाता परिचयपत्र देखाउँदासमेत भोट हाल्न पाएनन्। हातमा मतदाता परिचयपत्र देखाए पनि श्रेष्ठको मतदाता नामावलीमा नामै भेटिएन। श्रेष्ठको मतदाता नंं ०७४८१७६८ छ। सोही केन्द्रमा श्रेष्ठ जस्ता १५ मतदाताले भोट हाल्न पाएनन्। उनीहरू परिचयपत्र देखाएर पनि मतदान स्थलबाटै फर्किन बाध्य भए। उनीहरूले स्थानीय निर्वाचनमा सोही केन्द्रबाट मतदान गरेका थिए। बुटवलबाट भोट दिन आएकी रिब्दीकोट गाउँपालिका–३ की ४० वर्षीय सरस्वती कुँवरले पनि भोट नहाली बुटवल फर्किइन्। 

स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते खस्यौली मतदान केन्द्रमा मतदान गरेकी कुँवरको यसपटक अन्तिम मतदान नामावलीमा नामै भेटिएन। कुँवर आफूले रोजेको उम्मेदवारलाई भोट दिउँला भनेर एक दिन अगाडि बुटवलबाट गाउँमा आएकी थिइन्। तर, भोट दिन नपाएर निराश भएर फर्किइन्। उनले भनिन्, ‘एजेन्टहरूले तपाईंको नाम छैन भनेर भने। मतदाता परिचयपत्र देखाउँदा पनि भेटिएन भने के कारणले यस्तो भयो थाहा भएन।’

रामपुर नगरपालिका–९ का सुरेन्द्र पंगेनीले पनि स्थानीय निर्वाचनमा भोट हाले पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा भोट हाल्न पाएनन्। उनले पनि मतदाता परिचयपत्र देखाउँदा भोट हाल्न पाएनन्। रामपुरकै टुकिसार सूर्यवंशीले पनि मतदाता परिचयपत्र देखाएर भोट हाल्न पाइनन्। उनले पनि स्थानीय निर्वाचन भोट हालेर मन परेको प्रतिनिधि चयन गर्ने अवसर पाएकी थिइन् भने अहिले मतदान केन्द्रबाटै फर्किनुपर्यो। 

जिल्ला निर्वाचन कार्यालय पाल्पाले निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सच्च्याउन १५ दिनको समय दिए पनि कुनै मतदाताले त्रुटि सच्च्याउन निवेदन नदिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुकमांगत अर्यालले बताए। ‘मतदानको दिन कार्यालयमा स्थानीय निर्वाचनमा तानसेनबाटै मतदान गरेका ३ जनाको यस्तो उजुरी आएको हो। सो विषयमा आयोगमा जानकारी लिँदा उनीहरूले नाम अन्यत्र देखियो,’ अर्यालले भने। उनका अनुसार स्थानीय निर्वाचनमा दुवै स्थानमा मतदाता नामावली भएका व्यक्तिहरूको पहिलो स्थानमा मतदाता हटाउँदा विगतको मतदान स्थलबाट नाम आयोगले हटाएको हो। 

परिचयपत्र भएर पनि मतदानबाट वञ्चित भएका रामपुर–७ का तेजुनारायण श्रेष्ठले आफूले दुई स्थानबाट मतदाता परिचयपत्र नलिएको बताए। आयोगको यो भनाइबाट आफू सहमत नभएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.