कञ्चनपुर-१को प्रदेशसभा (क)मा एमाले र (ख) कांग्रेस विजयी
महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विष्टले ९१७ मतान्तरले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार ५० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार ६०३ मत पाप्त गरे । त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउँदले पाँच हजार ७१३ मत प्राप्त गरे ।
नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार ५०२ मत प्राप्त गरिन । ४९ हजार ४५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार छ सय ४२ मत खसेको थियो ।
त्यसैगरी प्रदेशसभा (क) मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) निर्वाचित भएका छन । उनी १२ हजार तीन सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत पाए ।