कपिलवस्तु प्रदेश सभा २(क)एमालेका लामिछाने विजयी

कपिलवस्तु: कपिलवस्तु-२(क) को प्रदेश सभा सदस्यमा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन् ।
लामिछानेले २१ हजार १३६ मतसहित जित हासिल गरे । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रम सिंह थापाले २० हजार ६ सय १४ मत प्राप्त गरेका छन् ।
नव निर्वाचित प्रदेश सभा सदस्य लामिछानेले जनताको सहयोग र विश्वासबाट आफू विजयी भएको बताए । यो क्षेत्रको विकासमा सक्रिय भएर लाग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
